कैलाली, पुस १० – भजनी नगरपालिका–१ मा २८ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मनोज चौधरी, बाबुराम चौधरी, लाहानु चौधरी र रुपा चौधरी छन्। प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार, मनोज चौधरी कथित गुरुवा हुन्।
पीडित महिला पुस ४ मा कुटपिटमा परेकी थिइन् र हाल धनगढीको नवजीवन अस्पतालमा उपचाररत छिन्। फरार दुई जनाको खोजी जारी छ।
प्रतिक्रिया दिनुहोस