२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ललितपुर हत्या प्रकरण: एक जना रिहा, दुईजनामाथि अनुसन्धान जारी

पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ भने दुईजनामाथि अनुसन्धान जारी राखेको छ।



Pakrau
  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १६२
  • काठमाडौं, पुस १० - ललितपुरको च्यासलस्थित क्याफेमा भएको हत्या प्रकरणमा पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ भने दुईजनामाथि अनुसन्धान जारी राखेको छ।

    सुनसरी इटहरीका २३ वर्षीय नयन गुरुङको हत्या आरोपमा पक्राउ परेका दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई संलग्नता नदेखिएपछि रिहा गरिएको हो।

    डिनरको बिल तिर्ने विषयमा विवाद हुँदा हेमराज भट्टले गुरुङमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते गुरुङको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।