१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओली: भारत भ्रमण निम्तो आएपछि मात्र

ओलीले भारत भ्रमणबारे अनावश्यक चर्चा गर्न आवश्यक नभएको बताएका छन्।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १८४
  • काठमाडौं, पुस ११ - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणबारे अनावश्यक चर्चा गर्न आवश्यक नभएको बताएका छन्।

    बुधबार च्यासलमा बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले निम्तो आए मात्रै भारत जाने र नआए नजाने विषयमा स्पष्ट पारे। ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न। यो धेरै चर्चा गरिरहनुपर्ने कुरा होइन,’ बैठकमा प्रधानमन्त्री ओलीले भनेको एक पदाधिकारीले जनाएका छन्।

    प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा दृढ रहेको र राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै अघि बढिरहेको बताएका छन्। बैठकले सरकारका वर्तमान नीति तथा कार्यक्रमको समीक्षा गर्दै आगामी कूटनीतिक पहलबारे पनि छलफल गरेको छ।