१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ: देउवा

शेरबहादुर देउवाले देशभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले यसको अग्रसरता लिनुपर्ने बताएका छन्।



Deuba
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५२
  • काठमाडौं, पुस १६ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले यसको अग्रसरता लिनुपर्ने बताएका छन्।

    राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत आयोजित कार्यक्रममा देउवाले भने, "देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ। कांग्रेसले अग्रसरता लिनुपर्छ।"

    उनले बिपी कोइराला र गणेशमान सिंहले २०३३ सालमा खतरापूर्ण अवस्थामा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गरे। "गणेशमानको नेतृत्वमा भएको आन्दोलनले प्रजातन्त्र पुनर्स्थापना गरायो," उनले भने।

    गणतन्त्रलाई स्थायी बनाउन सुदृढ गर्दै लैजानुपर्ने देउवाको धारणा थियो।