२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सर्लाहीमा बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको छ।



Bijay Tuladhar
  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १५९
  • सर्लाही, पुस १७ – सर्लाहीको बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको छ।

    गएराति करिब पौने ९ बजे बा ०१-००६ ख २००४ नम्बरको राजदेवी बस छतौनाबाट काठमाडौं जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको थियो।

    घटनामा बसले थिच्दा गम्भीर घाइते भएका निरीक्षक तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, चिकित्सकले राति पौने १० बजे उनलाई मृत घोषित गरेका थिय।

    सशस्त्र प्रहरी १० नम्बर गणअन्तर्गत कार्यरत तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा खटिएका थिए।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।