१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आज काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुन लागेका हुन्।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५७
  • काठमाडौं, पुस २५ - पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्।

    लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आज काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुन लागेका हुन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछानेको अदालत उपस्थितिको जानकारी दिएका छन्।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछानेले ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार प्रहरी हिरासतबाट रिहा भएका थिए।

    न्यायाधीश राईले लामिछानेलाई धरौटीमा रिहा गर्दा कसुरदार होइनन् भन्ने पर्याप्त आधार प्रस्तुत भए पनि धरौटी माग्नुको कारण भने खुलाएका छैनन्।

    लामिछानेसहित अन्य केही प्रतिवादी पनि धरौटीमा रिहा भएका छन्। छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, र आरती गुरूङले पनि धरौटी बुझाएर रिहा भएका छन्।