३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४०८
  • बर्दिया, पुस २८ - बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

    ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामका अनुसार ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला थापामाथि बाघले आक्रमण गरेको थियो।

    यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने निकुञ्ज प्रशासनले बाघको गतिविधि निगरानीमा राखेको जनाएको छ।