१ माघ २०८१ मंगलबार | 14 Jan 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछानेको थुनछेक बहस आजदेखि

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने विषयमा बहस हुने भएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ३८
  • काठमाडौं, पुस २९ - काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुँदैछ।

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने विषयमा बहस हुने भएको छ।

    आइतबार लामिछानेको बयान लम्बिँदा थुनछेक बहस हुन नसकेकोले उनलाई प्रहरी हिरासतमा राखिएको थियो। लामिछाने र उनका वकिलले प्रतिवादीलाई परिवारको जिम्मा लगाउन आग्रह गरे पनि न्यायाधीशले थुनछेक नभएका कारण उनलाई प्रहरीको जिम्मा लगाउने निर्णय गरेका थिए।

    सरकारी वकिलको कार्यालयले पुस २१ गते स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

    यस मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ। लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईसँग पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ बिगो माग गरिएको छ।