२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पत्रकार दाहाललाई धम्की, महासंघद्वारा कारबाहीको माग

नेपाल पत्रकार महासंघले हिमालखबर डटकमका संवाददाता तथा महासंघको राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।



  • क्वालिटी खबर
  • ९ महिना अघि
  • पाठक संख्या १४४
  • काठमाडौं, माघ १० – नेपाल पत्रकार महासंघले हिमालखबर डटकमका संवाददाता तथा महासंघको राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

    हिमालखबरमा ए.एम.एस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालि सम्बन्धी प्रकाशित समाचारलाई लिएर कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले पत्रकार दाहाललाई टेलिफोनमार्फत गालीगलौज गर्दै भौतिक आक्रमण गर्ने धम्की दिएको महासंघलाई जानकारी गराइएको छ।

    माघ ९ गते बुधबार भएको यस घटनाबारे हिमाल मिडिया प्रतिष्ठान शाखाले महासंघ केन्द्रीय समितिलाई जानकारी गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको हो।

    समाचारप्रति असन्तुष्टि भएमा कानुनी उपचारका विधिहरू अपनाउन सकिने र प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमाथिको गम्भीर अपराध भएको महासंघले जनाएको छ।

    महासंघले यस्तो कार्यमा संलग्नलाई छानबिन गरी तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारहरूले निर्भीकतापूर्वक आफ्नो कार्य गर्न सक्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।