२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं र ललितपुरका केही क्षेत्रमा ५ घण्टा विद्युत अवरुद्ध

काठमाडौं उपत्यकाका केही स्थानमा आजदेखि माघ २९ गतेसम्म दैनिक पाँच घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १७२
  • काठमाडौं, माघ २१ – काठमाडौं उपत्यकाका केही स्थानमा आजदेखि माघ २९ गतेसम्म दैनिक पाँच घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा चरणबद्ध रूपमा विद्युत आपूर्ति बन्द गर्ने जनाएको छ।

    प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने योजना रहेको छ। सोही अनुसार, माघ २९ गतेसम्म ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।

    यस क्रममा विभिन्न स्थानमा फरक-फरक दिन विद्युत सेवा अवरुद्ध हुनेछ:

    माघ २१ – टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुल क्षेत्र

    माघ २२ – कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास

    माघ २३ – बालकुमारी, इमाडोल तथा लुभु क्षेत्र

    माघ २४ – नैकापदेखि बलम्बुसम्म

    माघ २५ – बल्खु चोकदेखि चोभार गेटसम्म

    माघ २७ – बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म

    माघ २८ – गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म

    माघ २९ – रोतोपुलदेखि गौशालासम्म

    नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूलाई वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै असुविधाका लागि क्षमायाचनासमेत गरेको छ।