१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल टेलिकमको १८०० मेगाहर्ज टुजी सेवा बन्द हुने

नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्ज फ्रिक्वेन्सीको टुजी सेवा बन्द गर्ने भएको छ।



NTC
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २४८
  • काठमाडौं, माघ २२ - नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्ज फ्रिक्वेन्सीको टुजी सेवा बन्द गर्ने भएको छ।

    टेलिकमको २१औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक संगीता अर्यालले हालको अवस्था र भावी योजनाबारे जानकारी दिँदै उक्त घोषणा गरेकी हुन्।

    अर्यालका अनुसार, देशभर फोरजी सेवा विस्तार गर्न हाल तीन सय ३३ स्थानमा पूर्वाधार तयारी भइसकेको छ भने थप १२ सय स्थानका लागि बोलपत्र आह्वान अन्तिम चरणमा पुगेको छ। हाल मोबाइल डेटामा ९० प्रतिशतभन्दा बढी हिस्सा फोरजी प्रयोगकर्ताको रहेको बताइएको छ।

    त्यस्तै, टेलिकमका फोरजी भोल्टी सेवा प्रयोगकर्ता ५८ लाखभन्दा बढी पुगेका छन्। भोल्टी सेवा सपोर्ट गर्ने ह्यान्डसेटहरू बढ्दै गएकाले प्रयोगकर्ता संख्यामा थप वृद्धि हुने टेलिकमको अपेक्षा छ।

    साथै, फोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै माध्यमबाट प्रदान गर्ने फाइबर टु द होम (FTTH) सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको जानकारी पनि टेलिकमले दिएको छ।