३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्युत् पुगे पनि नियमित आपूर्ति नहुँदा खोटाङवासी हैरान

सामान्य पानी, हावा वा पहिरो आउँदा समेत विद्युत् झ्याप्प आउने–झ्याप्प जाने अवस्था रहेको उपभोक्ताहरूले गुनासो गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३७३
  • खोटाङ, वैशाख ७ — जिल्लाका ९६ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगे पनि बारम्बार अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन्।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार ८६ प्रतिशत घरमा केन्द्रीय प्रसारण लाइनबाट र १० प्रतिशतले माइक्रो हाइड्रो तथा सोलारबाट विद्युत् पाएका छन्।

    जिल्लाका अझै दुई हजारभन्दा बढी घरमा विद्युत् पुगेको छैन। ती घरमा सेवा पुर्‍याउन पाँच करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्राधिकरणको भनाइ छ।

    दिक्तेलबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति भइरहेको छ तर सानो वर्षा, हावा वा पहिरो आउँदा झ्याप्प झ्याप्प बत्ती जाने समस्या रहँदै आएको छ।

    हाल जिल्लामा साप्सुखोला, रावाखोला र मेवाखोलाबाट १०.६ मेगावाट विद्युत् उत्पादन भए पनि एक तिहाई मात्र खपत हुँदै आएको छ। विद्युत् समस्या समाधानका लागि टावर जडान गर्नुपर्ने विज्ञको सुझाव छ।