१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मेटालाई बन्द गर्ने चेतावनी नदिइ समाधान खोज्न सरकारलाई सांसद शाहको आग्रह

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनी उल्झन समाधान नगरीकन सात दिनको चेतावनी दिनु लज्जास्पद भएको टिप्पणी गरे।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ५१३
  • काठमाडौँ, वैशाख १४ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले अमेरिकी प्रविधि कम्पनी मेटालाई नेपालमा दर्ता गराउने विषयमा सरकारले धम्कीको भाषा प्रयोग नगरी समाधानको बाटो अवलम्बन गर्न सुझाव दिएका छन्।

    प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनी उल्झन समाधान नगरीकन सात दिनको चेतावनी दिनु लज्जास्पद भएको टिप्पणी गरे।

    उनले भने, "मेटा नेपालमा दर्ता हुनु आवश्यक छ, तर धम्की दिएर होइन, संवाद र सहकार्यमार्फत वातावरण बनाउनुपर्छ।"

    केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मेटालाई सात दिनभित्र नेपालमा दर्ता नभए बन्द गरिने चेतावनी दिएका थिए।

    यसबारे प्रतिक्रिया जनाउँदै सांसद शाहले कानुनमा भएका अस्पष्टता समाधान गरी सहज ढंगले मेटालाई दर्ता गराउने पहल गर्न सरकारलाई आग्रह गरेका हुन्।