८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनुषामा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

पूर्वपश्चिम राजमार्गमा मंगलबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १३६
  • जनकपुरधाम, माघ २२ - धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

    ज १३ प १०२९ नम्बरको मोटरसाइकल पूर्वतर्फ जाँदै गर्दा सोही दिशामा गइरहेको ज ८ प ७३०७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    दुर्घटनामा घाइते हुनेहरूमा ज १३ प १०२९ नम्बरको मोटरसाइकलका चालक गणेशमान चारनाथ नगरपालिका-४ निवासी २६ वर्षीय महादेव यादव र पछाडि सवार २२ वर्षीय सुदीपकुमार यादव रहेका छन्।

    त्यस्तै, ज ८ प ७३०७ नम्बरको मोटरसाइकलका चालक सिराहा, कल्याणपुर नगरपालिका-६ निवासी २३ वर्षीय अफ्ताब राइन र पछाडि सवार २५ वर्षीय नसालुन राइन घाइते भएका छन्।

    घाइते चारै जनाको गणेशमान चारनाथ नगरपालिकास्थित कमलामाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।