६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रौतहटमा सरस्वतीको मूर्ति विर्सजन गर्ने क्रममा डुबेर एकको मृत्यु

रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १३१
  • रौतहट, माघ २३ - रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

    रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा डुबेर बेपता भएका राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादवको मृत्यु भएको हो।

    मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायको अनुसार उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको हो।

    पानीमुनि रहेको उनको शवलाई निकाल्न माछा मार्ने जाल प्रयोग गरिएको थियो। मृतकको शवलाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको डीएसपी रायले बताए।