१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका नेता पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका नेता पक्राउ परेका छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३३
  • काठमाडौं, माघ २३- मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका नेता पक्राउ परेका छन्।

    यस अपराध गरेको आरोपमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल पक्राउ परेका हुन्। मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीका अनुसार खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको हो।

    उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र त्यसपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिसीले जानकारी दियका छन्।

    उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।