८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नुवाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

नुवाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १३३
  • नुवाकोट, माघ २३ - नुवाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

    बुधबार दिउँसो बेलकोटगढी नगरपालिका-७ मा बसले मोटरसाइकललाई ठक्कर दिने क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गा रेग्मीले जानकारी दिएका छन्।

    बा ३ ख ५५४७ नम्बरको बसले बा ५८ प २८०४ नम्बरको मोटरसाइकललाई ठक्कर दियको थियो। उक्त ठक्करबाट सोही ठाउँमा बस्ने जीवन राईको मृत्यु भएको हो।

    रेग्मीका अनुसार राईलाई त्रिशुली अस्पताल लगिएको र त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो। बसमा सवार १७ जना भने सामान्य घाइते रहेको उनले बताएका छन्।