२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने पक्राउ

कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ परेका छन्।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १३०
  • धनगढी, माघ ३० – कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ फुलबारीका ३६ वर्षीय टेक टामाटा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    प्रहरीका अनुसार टमाटाले बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मादक पदार्थ सेवन गरी सडकमा हुलहुज्जत गरेका थिए। त्यही क्रममा उनले ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार गर्ने प्रयास गरेका थिए।

    घटनापछि प्रहरीले टमाटालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए। साथै, प्रहरीले उनको साथबाट चक्कु समेत बरामद गरेको छ।