२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुहारीको कुटपिटबाट सासूको मृत्यु

धनुषामा घरायसी विवादका क्रममा बुहारीको कुटपिटबाट सासूको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १६२
  • धनुषा, माघ ३० - धनुषामा घरायसी विवादका क्रममा बुहारीको कुटपिटबाट सासूको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।

    जनकनन्दनी गाउँपालिका-५ उधा निवासी ६५ वर्षीया समुन्द्री देवी मण्डलको आफ्नै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डलको कुटपिटबाट मृत्यु भएको हो।

    मंगलबार राति घरायसी विवादले उग्ररूप लिएपछि उनीहरूबीच झगडा भएको थियो। कुटपिटका क्रममा समुन्द्री देवी गम्भीर घाइते भई घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

    घटना जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले अभियुक्त रक्षा कुमारीलाई पक्राउ गरेको छ।

    यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।