६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किँदा मेयर आचार्य घाइते

शनिबार आयोजित कार्यक्रममा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा अचानक पड्किएर मेयर आचार्यलाई चोट लागेको हो।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १३८
  • पोखरा, फागुन ३ - पोखरा भ्रमण वर्ष २०८१ को उद्घाटन समारोहमा बेलुन पड्किँदा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।

    शनिबार आयोजित कार्यक्रममा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा अचानक पड्किएर मेयर आचार्यलाई चोट लागेको हो।

    घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएको छ। मेयर आचार्यलाई सामान्य चोट लागेको चिकित्सकहरूले बताएका छन्।

    त्यसैगरी, सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि त्रसित हुँदै मञ्चतर्फ भागेका थिए। उनलाई पनि सामान्य चोट लागेको बताइएको छ।

    उद्घाटन कार्यक्रममा भएको अप्रत्याशित घटनाले केहीबेर त्रासको माहोल सिर्जना भए पनि कार्यक्रम निरन्तर सञ्चालन गरिएको थियो।