१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा : न्यायाधीश सुवेदी र पाण्डेयको इजलासमा पेसी

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको मुद्दाको आज पेसी तोकिएको छ।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २२३
  • काठमाडौं, फागुन ४ - गिरीबन्धु टी स्टेटसम्बन्धी सर्वोच्च अदालतको फैसलाको अवहेलना गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको मुद्दाको आज पेसी तोकिएको छ।

    न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेय को संयुक्त इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेश भएको हो।

    भूमिसम्बन्धी अध्यादेशका कारण विवाद

    प्रधानमन्त्री ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याउँदै सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोप लगाउँदै अधिवक्ता ओमप्रकाश अर्याल ले सोमबार अवहेलना मुद्दा दायर गरेका थिए।

    रिट निवेदनमा उनले प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गरेका छन्। सो मुद्दामा प्रधानमन्त्री ओलीसहित भूमि व्यवस्थामन्त्री बलराम अधिकारी लगायतलाई विपक्षी बनाइएको छ।