२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु

चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १००
  • काठमाडौं, फागुन ४ - चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ।

    आइतबार बिहान पौने ९ बजे चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित साढे दुई तले घरको छतबाट खसेर ५२ वर्षीय होमबहादुर श्रेष्ठ को निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्।

    दोलखा शैलुङ गाउँपालिका-३ निवासी श्रेष्ठ छतमा घाम ताप्ने क्रममा रेलिङमा अल्झिएर तल खसेका थिए। गम्भीर घाइते भएका उनलाई सतुङगलस्थित अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोट ले जनाएको छ।