८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डले माओवादी फेरि २०६४ सालकै अवस्थामा फर्किने दाबी

पत्रकार सम्मेलनमा उनले पछिल्लो समय झापा र मोरङ पटकपटक आउँदा २०६४ सालकै झल्को पाएको बताएका छन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६१
  • काठमाडौं, फागुन १४ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि २०६४ सालकै अवस्थामा फर्किने दाबी गरेका छन्।

    बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय झापा र मोरङ पटकपटक आउँदा २०६४ सालकै झल्को पाएको बताएका छन्। ‘यसबीचमा म धेरैपटक झापा-मोरङ आएको छु। मैले अलिकति झल्को ०६४ को पाएको छु,’ प्रचण्डले भने।

    उनले अहिले माओवादीप्रति बढ्दो लहरलाई बचाउन सके माओवादी फेरि पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे। ‘हामीभित्र समस्या भयो भने फरक कुरा हो, तर अहिले कुनै समस्या हुनेवाला छैन,’ उनले भने, ‘यो लहरलाई लिएर जाँदा हामी पहिलो पार्टी हुन्छौं भन्ने कन्फिडेन्सका साथ अभियानमा लागेका छौं।’

    २०६४ सालमा ठूलो बनेको माओवादी पार्टी भित्रको विभाजन र आन्तरिक झगडाका कारण कमजोर भएको बताउँदै उनले अब फेरि माओवादी नै पहिलो शक्ति बन्ने दाबी गरे। ‘अब ठूलो हुने पालो माओवादीको आएको छ। माओवादीलाई जिताएर मात्रै देशमा स्थायित्व र सुशासन कायम हुन्छ भन्ने जनताले बुझेका छन्,’ उनले भने।