१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वीरगञ्ज नाका हुँदै सात महिनामा रु ८ अर्ब ६८ करोडको धान–चामल आयात

सात महिनामा वीरगञ्ज नाका हुँदै रु ८ अर्ब ६८ करोड मूल्य बराबरको धान आयात भएको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३००
  • वीरगञ्ज, फागुन १८ – चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगञ्ज नाका हुँदै रु ८ अर्ब ६८ करोड मूल्य बराबरको धान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान भित्रिएको छ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो सात महिनामा वीरगञ्ज नाका हुँदै रु ४ अर्ब ९१ करोड मूल्य बराबरको १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो। भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार धानसँगै चामलको आयात पनि बढेको छ।

    नेपाल कृषिप्रधान मुलुक भए पनि धान मात्र नभई चामलसमेत विदेशी बजारबाट आयात भइरहेको छ। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु १ अर्ब ३५ करोड मूल्य बराबरको १ करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको हो।

    यसैगरी, मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा रु २ अर्ब ९६ करोड मूल्यको ५ करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा थोरै कम हो। गत आर्थिक वर्षको सोही अवधिमा रु २ अर्ब ९७ करोड मूल्य बराबरको ६ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो।