मकवानपुर, फागुन २८ – मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मदन भण्डारी लोकमार्गअन्तर्गत हात्तीसुडेबाट ठूलोदमारतर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेपछि चालक ३३ वर्षीय रुपक दियाली को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस