२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गुडिरहेको गाडीबाट हाम फाल्दा एक युवकको मृत्यु

सुर्खेतमा गुडिरहेको गाडीबाट हाम फाल्दा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १६०
  • सुर्खेत, चैत्र १– सुर्खेतमा गुडिरहेको गाडीबाट हाम फाल्दा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका-१२ निवासी ३७ वर्षीय लक्ष्मीप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको हो।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार गएराति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका-१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीबाट उपाध्याय हाम फालेका थिए।

    गाडीबाट हाम फाल्दा गम्भीर घाइते भएका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

    यस घटनापछि प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।