२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढीमा सिलिन्डर विष्फोट हुँदा तीन जना घाइते

धनगढीमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जना घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १५२
  • धनगढी, चैत्र ३ - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जना घाइते भएका छन्।

    धनगढी उपमहानगरपालिका-६ मटियारीस्थित ३६ वर्षीया मिना खड्काको घरमा ग्यास सिलिन्डर जडान गर्ने क्रममा अचानक विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनकरी दिएको छ।

    विष्फोटमा परेर खड्कासहित स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका छन्।

    घाइतेहरूलाई निसर्ग अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने उनीहरूको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।

    प्रहरीका अनुसार जोशीको पसलबाट ग्यास सिलिन्डर लगेकी खड्काले जडान गर्न उनलाई घरमै बोलाएकी थिइन्। सिलिन्डर जडान गर्ने क्रममा विष्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    यस घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।