१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माजवादी मोर्चाको शक्ति प्रदर्शन : चैत १५ मा एक लाख कार्यकर्ता उतार्ने तयारी

मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध कार्यकर्ता उतार्ने तयारी गरेको जनाएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २०९
  • काठमाडौं, चैत्र ११ - विपक्षी चारदलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा आयोजना गर्न लागेको विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक सहभागी गराउने दाबी गरेको छ।

    मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता उतार्ने तयारी गरेको जनाएको छ। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवका अनुसार चार दलले आ-आफ्नो तरिकाले जुलुस निकाल्ने र एक ठाउँमा भेला भएर शक्ति प्रदर्शन गर्ने योजना छ।

    कुन दलले कुन क्षेत्रको नेतृत्व गर्ने भन्नेबारे मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने उनले जानकारी दिए। "विरोध सभामा करिब एक लाख मानिस काठमाडौं ल्याउने हाम्रो योजना छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीका कार्यकर्ताहरू आ-आफ्नै हिसाबले सहभागी हुनेछन्।

    एक नेताका अनुसार नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार कार्यकर्ता उतार्ने भाग लिएको छ।

    यसअघि, फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले "देश बचाउन" जनतालाई आह्वान गरेपछि नेपालको राजनीति तरङ्गित भएको थियो। त्यसकै प्रतिक्रिया स्वरूप समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको हो।