२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ललितपुरमा बहिनीलाई जिस्क्याएको आरोपमा खुकुरी प्रहार गरी हत्या

बहिनीले पुनः जिस्क्याएको भन्दै गुनासो गरेपछि सुमनले रिपकलाई मन्दिरमा बोलाएर खुकुरी प्रहार गरेका थिए।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या २१५
  • ललितपुर, चैत्र १४ - ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा एक व्यक्तिको हत्या भएको छ। बुधबार राति मन्दिर अगाडि ३० वर्षीय रिपक खातीको खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।

    हत्या आरोपमा सोही ठाउँका २५ वर्षीय सुमन रसाइली पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार खातीले रसाइलीकी १५ वर्षीया बहिनीलाई जिस्क्याउने गरेको बताइएको छ। बहिनीले पुनः जिस्क्याएको भन्दै गुनासो गरेपछि सुमनले रिपकलाई मन्दिरमा बोलाएर खुकुरी प्रहार गरेका थिए।

    घटनाबारे जानकारी पाएपछि प्रहरी टोलीले शव मुचुल्का गरी बिहीबार बिहान पोष्टमार्टमका लागि पाटन अस्पताल पठाएको छ। प्रारम्भिक अनुसन्धानमा हत्या सुमनले एक्लैले गरेको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।