काठमाडौँ, चैत १४ – नेपालमा राजसंस्था पुनर्स्थापनाका लागि चलिरहेको आन्दोलनलाई थप संगठित बनाउन दुर्गा प्रसाईंलाई विशेष जिम्मेवारी दिइएको छ। ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रसाईंलाई आन्दोलनको ‘कमाण्डर’ नियुक्त गरिएको जानकारी दिएका हुन्।
सुवेदी नेतृत्वको समितिले आगामी चैत १५ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ। सो आन्दोलनलाई थप प्रभावकारी बनाउन प्रसाईंलाई नेतृत्वदायी भूमिका दिइएको सुवेदीले बताए। उनका अनुसार ‘महाभियान’ नाम दिइएको यो आन्दोलनलाई सुवेदी नेतृत्वको समितिले पूर्ण समर्थन जनाएको छ।
यस निर्णयसँगै, राजसंस्थाको पुनर्स्थापनाको पक्षमा सक्रिय आन्दोलनमा दुर्गा प्रसाईंको भूमिका झन् महत्वपूर्ण बन्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस