१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेले सभामुखलाई भेटेर सांसद पद फुकुवाका लागि आग्रह गर्ने

लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गर्ने भएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २०७
  • काठमाडौं, चैत १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गर्ने भएका छन्।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेसहित पार्टीका सांसदहरू मंगलबार बिहान १० बजे सभामुख देवराज घिमिरेलाई भेट्न लागेका छन्।

    गत कात्तिक २ गते लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए। सोही अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन गरिएको थियो।

    रास्वपाले लामिछानेको सांसद पद फुकुवा गरिनुपर्ने माग गर्दै आएको छ। यस विषयमा मंगलबारको भेटघाटपछि थप छलफल हुने अपेक्षा गरिएको छ।