मकवानपुर, चैत्र २५ - हेटौंडा सिमेन्ट उद्योगले करिब पाँच महिनापछि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।
आज चैत्र २५ देखि पुनः संचालनमा आएको यस उद्योगको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युतको अभावको कारण उक्त उद्योग बन्द भएको थियो । द्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यकपर्दछ।
उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णबताएका छन् ।
वि.सं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको यस उद्योग वि.सं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो ।
हाल १९५ जनालाइ रोजगारी दियको यस उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस