५ बैशाख २०८२ शुक्रबार | 18 Apr 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजधानीमा मसाल जुलुस : 'ज्ञानेन्द्र चोर देश छोड' को नारासहित प्रदर्शन

बुधबार साँझ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका छन्।



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ७२
  • काठमाडौं, वैशाख २८ – राजधानीको ठमेल क्षेत्रमा बुधबार साँझ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका छन्।

    काठमाडौं महानगरपालिका–१७ स्थित ठँहिटी क्षेत्रमा आयोजित उक्त प्रदर्शनमा 'ज्ञानेन्द्र चोर देश छोड', 'गणतन्त्र जिन्दावाद', 'नेपाली विशेषताको समाजवाद जिन्दावाद', 'दलाल पुँजीवाद मूर्दावाद' लगायतका नारा घन्काइएको थियो।

    पछिल्लो समय राजधानीमा 'राजा आऊ, देश बचाऊ' भन्ने नारा सुनिन थालेका बेला त्यसको विरोधस्वरूप यो प्रदर्शन गरिएको हो।

    नेकपा काठमाडौं महानगर समितिको आयोजनामा भएको जुलुसमा पार्टीका केन्द्रीय प्रतिनिधि दीपक मानन्धर, केन्द्रीय सदस्य तथा महानगर इञ्चार्ज प्रताप सिलसहित झण्डै डेढ दर्जन कार्यकर्ताको सहभागिता थियो।

    विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै मसाल लिएर सडकमा उत्रिएको बताएका छन्।