२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : अध्यक्ष माधव नेपाल

माधवकुमार नेपालले इतिहासको पाङ्ग्रा अब पछाडि नफर्किने दाबी गरेका छन्।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १४२
  • चितवन, वैशाख ४ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इतिहासको पाङ्ग्रा अब पछाडि नफर्किने दाबी गरेका छन्।

    बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक परिस्थितिबाट पाठ सिक्दै अघि बढ्नुपर्ने समय आएको बताएका हुन्।

    उनले हाल आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको स्पष्ट पार्दै भने, “तत्काल सरकारमा जाने मनस्थिति छैन। हामी जनतामा जाने, जनताको समस्या बुझ्ने र समाधान खोज्ने काममा केन्द्रित छौं।”

    उनका अनुसार अहिले पार्टीभित्र भएका कमजोरीहरू सुधार गर्दै जनतामाझ पुग्ने रणनीति बनाइएको छ। “पार्टीलाई सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने हाम्रो लक्ष्य हो,” उनले भने।

    देशको स्वाभिमान, सम्मान र स्वतन्त्रताको रक्षा गर्ने क्षमता नेपाली जनतामा रहेको भन्दै अध्यक्ष नेपालले राष्ट्रियतालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै, लामो समयदेखि शिक्षकहरूले उठाउँदै आएका मागहरूप्रति सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

    “शिक्षकहरूको मागबारे सरकार सकारात्मक बन्नुपर्छ। वर्षौंदेखिका सहमति कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्छ,” उनले सरकारलाई आग्रह गरे।

    अध्यक्ष नेपालले देश र जनताको हितका लागि सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।