हुम्ला, वैशाख ४ - हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर बजारमा वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्याएको छ।
बाढीले १० भन्दा बढी घर र पसलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए। बाढीका कारण आइते बुढाको गोठ भत्किएको छ भने हालसम्म २७ वटा बाख्रा मरेका छन्। २९ वटा बाख्रा उद्धार गरिएको र २५ वटा अझै हराइरहेको डिएसपी पोखरेलले बताए।
बाढीले बजार क्षेत्रमै क्षति पुर्याएपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रतिक्रिया दिनुहोस