६ बैशाख २०८२ शनिबार | 19 Apr 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

२७ वर्षपछि आयोडिनयुक्त नुन ऐन कार्यान्वयनमा

२७ वर्षअघि जारी गरिएको ‘आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५’ अन्ततः कार्यान्वयनमा आउने भएको छ।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, वैशाख ४ - २७ वर्षअघि जारी गरिएको ‘आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५’ अन्ततः कार्यान्वयनमा आउने भएको छ।

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएसँगै ऐन कार्यान्वयनको बाटो खुलेको हो। आगामी साउन १ गतेबाट लागू हुनेगरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय सरकारले गरेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार विगतमा अत्यधिक आयोडिन सेवनका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो। सन् २०१६ मा गरिएको अध्ययनमा ६–९ वर्षका बालबालिकाको पिसाबमा आवश्यकताभन्दा बढी आयोडिन भेटिएको थियो।

    अब स्वास्थ्य, कृषि लगायतका मन्त्रालयले मिलेर मापदण्ड संशोधन तथा अन्य आवश्यक कार्य अघि बढाउनेछन्।