६ बैशाख २०८२ शनिबार | 19 Apr 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महाधिवेशनबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति बैठक आज

कार्यवाहक सभापतिको आह्वानमा बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ३५
  • काठमाडौँ, वैशाख ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबारे औपचारिक निर्णय गर्न आज (बिहीबार) केन्द्रीय समिति बैठक बस्दैछ। कार्यवाहक सभापतिको आह्वानमा बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

    वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा चार एजेन्डा छन्। अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधिबारे रिपोर्टिङ, समसामयिक राजनीतिक विषय र महाधिवेशनसम्बन्धी कार्य विवरणमा छलफल हुनेछ।

    यसअघि वैशाख २५–२७ मा चितवनमा महाधिवेशन गर्ने निर्णय भए पनि सभापति रवि लामिछाने थुनामा परेपछि तय मितिमा महाधिवेशन नहुने प्रष्ट भएको छ। अब औपचारिक निर्णय केन्द्रीय समितिबाटै गरिनेछ।

    बैठकमा जनयात्रा कार्यक्रम, प्रशिक्षण, संगठन सबलीकरण लगायत विषयमा पनि छलफल हुने जनाइएको छ।