६ बैशाख २०८२ शनिबार | 19 Apr 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिरासतमा कविता लेख्दै रवीन्द्र मिश्र, धवल शमशेरलाई सुनाउँदै

मिश्रले हिरासतमा कविता लेख्दै समय बिताइरहेको बताउँदै भने, “कविता लेख्छु, धवलजीलाई सुनाउँछु।”



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ३४
  • काठमाडौं, वैशाख ४ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र चैत १५ देखि प्रहरी हिरासतमा छन्। उनीसँगै महामन्त्री डा. धवल शमशेर जबरा पनि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन्।

    मिश्रले हिरासतमा कविता लेख्दै समय बिताइरहेको बताउँदै भने, “कविता लेख्छु, धवलजीलाई सुनाउँछु।”

    उनको साथमा ‘मैले देखेको दरबार’ लगायतका अंग्रेजी र नेपाली साहित्यका पुस्तकहरू छन्।

    तीनकुनेमा भएको प्रदर्शनमा सहभागीलाई उक्साएको आरोपमा मिश्रमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ।

    अनुशासित रूपमा हिरासतमा बसेको उनले शुभेच्छुकहरूलाई बताएका छन्। प्रदर्शनका अगुवा दुर्गा प्रसाईं भने उनीहरूभन्दा छुट्टै राखिएको प्रहरीले जनाएको छ।