१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुने

उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गरेकी थिइन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५१
  • काठमाडौं, वैशाख ८ - सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

    उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गरेकी थिइन्। प्रारम्भिक सुनुवाइका लागि आजको पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

    यसअघि लामिछानेले उच्च अदालत बुटवलको थुनासम्बन्धी आदेशविरुद्ध सर्वोच्चमा छुट्टै निवेदन दर्ता गराएका थिए। तर, सो निवेदनको टुंगो लाग्न समय लाग्ने भएपछि बन्दी प्रत्यक्षीकरणको बाटो समाइएको हो।

    रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि उच्च अदालतले आदेश उल्ट्याउँदै थुनामा राख्न आदेश दिएपछि उनलाई पक्राउ गरी भैरहवा कारागारमा राखिएको हो।