काठमाडौं, वैशाख ८ - सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गरेकी थिइन्। प्रारम्भिक सुनुवाइका लागि आजको पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
यसअघि लामिछानेले उच्च अदालत बुटवलको थुनासम्बन्धी आदेशविरुद्ध सर्वोच्चमा छुट्टै निवेदन दर्ता गराएका थिए। तर, सो निवेदनको टुंगो लाग्न समय लाग्ने भएपछि बन्दी प्रत्यक्षीकरणको बाटो समाइएको हो।
रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि उच्च अदालतले आदेश उल्ट्याउँदै थुनामा राख्न आदेश दिएपछि उनलाई पक्राउ गरी भैरहवा कारागारमा राखिएको हो।
प्रतिक्रिया दिनुहोस