१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भूकम्पको १० वर्ष पूरा हुने दिन प्रचण्ड बारपाक जाने

'प्रचण्ड' भूकम्पको १० वर्ष पुग्ने दिन गोरखाको बारपाक जाने भएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९९
  • काठमाडौँ, वैशाख ११ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भूकम्पको १० वर्ष पुग्ने दिन गोरखाको बारपाक जाने भएका छन्।

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार शुक्रबार प्रचण्ड बारपाक जाने कार्यक्रम तय भएको हो। बिहीबार माओवादी संसदीय दलको बैठकमा प्रचण्डले आफू शुक्रबार बारपाक जाने जानकारी गराएका थिए।

    २०७२ सालको वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। यही दिनलाई स्मरण गर्न प्रचण्ड बारपाक जान लागेका हुन्।