१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग

डाँगीले नेपाल विद्युत् प्राधिकरणको हालै देखिएको घाटाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जवाफ माग गरेकी छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५३
  • काठमाडौँ, वैशाख २४ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको हालै देखिएको घाटाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जवाफ माग गरेकी छन्।

    बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै डाँगीले केही महिना अघिसम्म ४६ अर्ब ४७ करोड रुपैयाँ नाफामा रहेको विद्युत् प्राधिकरण अहिले एक महिनाभित्रै ५ अर्ब २६ करोड रुपैयाँ घाटामा पुग्नुको कारणबारे प्रश्न उठाइन्।

    सचेतक डाँगीले यस्तो वित्तीय उलटफेर कसरी सम्भव भयो भन्ने विषयमा मन्त्री खड्काले संसद्मा उपस्थित भई स्पष्टिकरण दिनुपर्ने मागसमेत गरेकी छन्।