रूपन्देही, वैशाख २५ — रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा बिहीबार बिहान आगलागी भएको छ।
विद्यालयतर्फ विद्यार्थी बोकेर आइरहेको लु १ क १३२६ नम्बरको बस स्कुल नजिकै पुगेपछि अचानक आगो लागेको हो।
बसभित्र विद्यार्थी खचाखच थिए। स्थानीय मनोज भण्डारीका अनुसार विद्यालयको गेट अगाडि पुग्नेबित्तिकै बसबाट धुँवा निस्किन थाल्यो र केहीबेरमै आगो फैलियो।
स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहकार्यमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट बस पूर्ण रूपमा क्षति भए पनि बसमा रहेका सबै विद्यार्थी र चालक सकुशल रहेका छन्।
आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस