२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आरआर क्याम्पस तोडफोड प्रकरण : नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

क्याम्पसमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ७८
  • काठमाडौँ, वैशाख २६ – प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

    गत वैशाख २२ गते आरआर क्याम्पसमा स्ववियु निर्वाचनको विवादलाई लिएर नेविसंघका कार्यकर्ताहरूले तोडफोड गरेका थिए। क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरू विरुद्ध कानुनी कारबाही अगाडि बढाएको हो।

    स्ववियु निर्वाचन समितिले अनेरास्ववियुबाट अध्यक्ष पदका उम्मेदवार लोकेश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो। सर्वपक्षीय सहमतिअनुसार विभिन्न विद्यार्थी संगठनबीच भागबन्डा गरी समितिको गठन गरिएको हो। उक्त समितिमा नेविसंघका शैलेन्द्र उपाध्याय स्ववियु सचिव चयन भएका थिए।

    तर, नेविसंघबाट अध्यक्ष पदमा उम्मेदवार रहेका विनोदराज जोशीसहित ६ जनाले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। सो रिटमा अदालतले लिखित जवाफ माग गर्दै सुनुवाइ अगाडि बढाएको छ।

    यसबीच तोडफोडमा संलग्न रहेको आरोपमा नेविसंघका १९ जना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।