२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पर्सामा महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

पर्सा जिल्लामा एक महिलामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या ११३
  • पर्सा, वैशाख २९ – पर्सा जिल्लामा एक महिलामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ स्थायी घर भई हाल वीरगञ्ज–१३ बसोबास गर्दै आएका ५० वर्षीय दिनानाथ साह रहेका छन्।

    प्रहरीका अनुसार २७ वैशाखको राति महिलालाई एक्लो पारेर दिनानाथ साह र अर्का एक व्यक्तिले मिलेर मुख थुनेर जबरजस्ती बलात्कार गरेका थिए।

    घटनापछि साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो भने अर्का आरोपी फरार रहेका छन्।

    प्रहरीले पक्राउ परेका साहविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

    फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको प्रहरी स्रोतले जनाएको छ।