१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा

कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत टेष्ट क्रिकेटको यात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २२०
  • काठमाडौँ, वैशाख २९ - भारतीय क्रिकेटर विराट कोहलीले सोमबार टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। इन्स्टाग्राममार्फत कोहलीले १४ वर्षको टेष्ट यात्रालाई भावुक बिदाइ दिएका हुन्।

    १२३ खेलमा उनले ४६.८५ को औसतले ९,२३० रन बनाएका छन्, जसमा ३० शतक र ३१ अर्धशतक छन्। सन् २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको २५४* रन उनको उच्च स्कोर हो।

    सन् २०११ मा डेब्यु गरेका कोहलीले भारतका लागि ६८ टेस्टमा कप्तानी गरे, जसमा ४० जित निकाले। उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तान बने।

    उनको अन्तिम टेस्ट अष्ट्रेलियाविरुद्ध सिड्नीमा भएको थियो। कोहलीको सन्यास रोहित शर्माको सन्यासपछिको केही दिनमै आएको हो। अब शुभमन गिललाई टेस्ट कप्तानको दाबेदार मानिएको छ।