२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

इमाडोलमा अचेत भेटिएका पुरुषको मृत्यु

ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२०
  • इमाडोल, वैशाख ३० - ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।

    महालक्ष्मी नगरपालिका टिकाथलीका ३१ वर्षीय जीवेश अधिकारी मंगलबार बिहान इमाडोलस्थित साथीको घरमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्कालै किष्ट अस्पताल लगिएको थियो।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उपचारका क्रममा बिहान साढे ७ बजे उनको मृत्यु भएको हो।

    घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै एसपी जोशीले प्रारम्भिक अनुसन्धानमा उक्त घटना शंकास्पद नदेखिएको बताएका छन्।