२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध पाँच करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

अभियुक्तहरूले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलित रकम कुनै आधिकारिक अभिलेख नराखी अपचलन गरेका थिए।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२५
  • बारा, वैशाख ३० - बारा जिल्ला हुलाक कार्यालयमा कार्यरत तथा हाल कार्यालय प्रमुख रहेका नायब सुब्बा बलिराम प्रसाद कुर्मीसहित पाँच जना कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढी सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, अभियुक्तहरूले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलित रकम कुनै आधिकारिक अभिलेख नराखी अपचलन गरेका थिए। कुर्मीले २०६० सालदेखि जिम्मेवारी सम्हाल्दै आएको र बैंकको रकम नगदी रजिस्टरमा नदेखाई लेजर बुक र पासबुकमा मात्र देखाएको अनुसन्धानमा खुलेको छ।

    आरोपपत्रअनुसार, पाँच करोड ३५ लाख रुपैयाँभन्दा बढी रकमको हिनामिना गरिएको छ। बलिराम कुर्मीका साथै जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहमाथि पनि मुद्दा दायर गरिएको छ।

    दफा १७ अनुसार उनीहरूलाई बिगो बराबर कैद र जरिवानाको मागदाबी गरिएको छ।