१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट सुवेदी र मुसलमानको इजलासमा सुनुवाइ

रिट लामिछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते दायर गरेकी हुन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३८०
  • काठमाडौं, वैशाख ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट बुधबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा पेश भएको छ।

    रिट लामिछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते दायर गरेकी हुन्। सो रिट वैशाख ८, २८ र ३० गते पेशीमा परेको भए पनि ‘हेर्न नमिल्ने’ भन्दै स्थगित हुँदै आएको थियो।

    यसअघि वैशाख ९ गते न्यायाधीश मुसलमानको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गरिसकेको थियो।

    यसैबीच, रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका थप दुई रिटहरू पनि आज सोही इजलासमा सुनुवाइको कार्यसूचीमा रहेका छन्।

    यस प्रकरणमा अदालतको निर्णयले महत्वपूर्ण राजनीतिक तथा कानुनी असर पार्ने अनुमान गरिएको छ।