३१ बैशाख २०८२ बुधबार | 14 May 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डा. राउतको माग : विकासको बागडोर अब स्थानीय र प्रदेश सरकारलाई सुम्पनुहोस्

राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने माग गरेका छन्।



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या २५
  • काठमाडौं, वैशाख ३१ – जनमत पार्टीका अध्यक्ष तथा संघीय सांसद डा. सीके राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने माग गरेका छन्।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले विकास निर्माण कार्यमा संघीय सरकारको सट्टा प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे।

    ‘अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्छ। फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन,’ भन्दै उनले विकास निर्माणका सबै जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने बताए।

    डा. राउतका अनुसार संघीय सरकारले विकास कार्यमा समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्छ। स्थानीय तहलाई बलियो बनाउनेतर्फ केन्द्र सरकारले गम्भीर ध्यान दिनुपर्ने उनको जोड थियो।

    उनले सरकारले ल्याउने बजेट जनताको वास्तविक समस्या सम्बोधन गर्ने खालको हुनुपर्ने बताए। साथै, ‘जनता आवास कार्यक्रम’प्रति शंका व्यक्त गर्दै उक्त योजनाले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप पनि लगाए।

    ‘नागरिकमैत्री सेवा उपलब्ध गराउन सिंहदरबारले नसक्ने कुरा व्यवहारतः पुष्टि भइसकेको छ,’ उनले भने।

    डा. राउतको भनाइमा अब संघीय सरकारले लोभ त्यागेर विकास निर्माणका सबै जिम्मेवारी प्रदेश र स्थानीय तहलाई दिने नीति अपनाउन आवश्यक छ।