८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

करोडौँ खर्चेर बनेको अस्पताल भवन दुई वर्षदेखि प्रयोगविहीन

पाँच करोडभन्दा बढी खर्चेर बनेको अस्पताल भवन दुई वर्षदेखि प्रयोगविहीन छ।



  • अञ्जना ढकाल
  • ७ दिन अघि
  • पाठक संख्या ५४
  • म्याग्दी, जेठ १ — अन्नपूर्ण गाउँपालिका–१, दोबामा पाँच करोडभन्दा बढी खर्चेर बनेको अस्पताल भवन दुई वर्षदेखि प्रयोगविहीन छ।

    संघीय सरकारले सञ्चालन गर्ने भनिएको पाँच श्ययाको अस्पताल भवन आवश्यक जनशक्ति, उपकरण र सडकको अभावका कारण सञ्चालनमा आउन सकेको छैन।

    वडाध्यक्ष दिलीप गर्बुजाका अनुसार अस्पतालका लागि अन्य वडामा जग्गा नपाएपछि दोबामा निर्माण गरिएको हो। "सडक स्तरोन्नतिका लागि संघीय र प्रदेश सरकारसँग पहल भइरहेको छ," उनले बताए।

    भवनमा आकस्मिक सेवा, प्रयोगशाला, औषधी भण्डारसहित ३५ वटा कोठा छन्। अस्पतालका लागि १२ रोपनी जग्गा स्थानीयले निःशुल्क दिएका थिए।

    तर, उपकरण, फर्निचर र घेराबारको अभावमा अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन।